ताप्लेजुङ सरोकार केन्द्रले अक्षयकोष स्थापनाको लागि साँस्कृतिक कार्यक्रम गर्ने

काठमाण्डौ पौष १६ / ताप्लेजुङ सरोकार केन्द्रले पर्यटन बर्ष सफल बनाउनको लागि ताप्लेजुङ सरोकार केन्द्रले काठमाण्डौमा बृहत्त साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । ताप्लेजुङ कलाकार कोषका साथै आर्थिक अभाबबाट बञ्चित बालबालिकाहरुको लागि छात्रबृत्ति कोष स्थापनार्थ आउदो माघ १७ गते काठमाण्डौमा बृहत्त साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो ।


साँस्कृतिक कार्यक्रममा ख्याती प्राप्त हास्य कलाकार मनोज गजुरेल,राजेश पायल राई,मेलिना राई,ईन्दिरा जोशी झुमा लिम्बु कुसल थंलङ लगायत जिल्लाका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक संस्थाले जनाएको छ ।


ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाका अनुसार सो दिन प्रज्ञा भवनमा लाईभ म्युजिक प्रस्तुती र ताप्लेजुङ जिल्लाको सम्पूर्ण पर्यटकिय क्षेत्रको बृत्त चित्र समेत प्रस्तुत गरिने बताउनुभयो ।
ताप्लेजुङ साझबाट उठेको रकमले जिल्लाका कलाकारहरुको लागि १५ लाख बराबरको अक्षयकोष स्थापना हुने अपेक्षा गरिएको छ ।

बिपन्न विद्यार्थीको लागि छात्रबृत्ति कोष स्थापना गरिने साँस्कृति साझ संयोजन समितिका संयोजक बलबहादुर तामाङले बताउनुभयो ।
सो दिन जिल्लाको सम्पूर्ण जातजातिको साँस्कृतिक झाकी प्रर्दशन समेत राखिएको ताप्लेजुङ साँस्कृतिक साँझ संयोजन समितिा सह संयोजक माधव प्रधानले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्