चुच्चेपाटी ह्यात मैदानमा शेर्पा फुड फेस्टिभल हुँदै

काठमाडौं १९ पौष / भिविन्न जिल्ला बाट काठमाडौंमा बसोबास गर्दौ आउनु भएका शेर्पाहरुलाई लक्षित गरी शेर्पा फुड फेस्टिभल’ माघ ३ र ४ गते अर्थात जनवरी १७ र १८ मा आयोजना हुने भएको छ । म्याक्स इभेन्ट अर्गनाइजरले बार्षिक रुपमा आयोजना गर्दै आएको सो कार्यक्रममा शेर्पा समुदायको खाना परिकार, सांस्कृतिक प्रस्तुत र सांगीतिक प्रस्तुती रहने म्याक्स इभेन्ट अर्गनाइजनक अध्यक्ष डिजे ङवाङ शेर्पाले जानकारी दिनु भयो

काठमाडौँ स्थित चुच्चेपाटी ह्यात मैदानमा हुने कार्यक्रममा यस बर्ष चर्चित र्यापर ‘भिटेन’, भ्वाईसअफ नेपाल सिजन २ का टप ८ याङ्की ह्योल्मोको प्रस्तुत रहने आयोजक संस्थाले बताउनु भएको छ । साथमा चर्चित गायक गम्बु शेर्पाको विशेष प्रस्तुती रहने छन् । त्यस्तै कार्यक्रमको आकर्षणका रुपमा गायकहरु मिङ लामा, छेवाङ लामा, दावा के शेर्पा, गोम्पो शेर्पा, ल्हमु शेर्पा, दावादिन शेर्पा, साङ्गे शेर्पा, कुसाङ शेर्पाको प्रस्तुती देख्न सकिन्छ । त्यस्तै, डिजे ङावाङ, डिजे सोनामले समेत डिजेसेन रहने आयोजक संस्थाका अध्यक्ष डिजे ङवाङ शेर्पाले जानकारी दिनु भयो ।

सो कार्यक्रममा शेर्पा परिकारका लागि ‘स्टलहरु बुकिङ’ खुल्ला गरिएको समेत आयोजकले जानकारी दिनु भयो । यस कार्यक्रमले शेर्पा संस्कृतिका बारेमा बुझ्न, नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न सघाउ पुग्ने आयोजक संस्थाले विश्वास लिएको छ । कार्यक्रममा भने अरुण पोस्ट डटकमले सञ्चारको भूमिका खेल्ने छ ।


प्रतिक्रिया दिनुहोस्