मिस्टर एण्ड मिस टिन शेर्पाको ट्यालेन्ट सो सम्पन्न

काठमाडौं १९ पौष / गौतमा बुद्ध फिल्मीस प्रा लि द्धारा शेर्पा समुदायका किशोर किशोरीहरुको प्रतिभालाई उजार्गर गर्न शेर्पा समुदायको भाषा , कला र सांस्कृतिलाई संरक्षण गर्न तथा समुदायमा लुकेर रहेको प्रातिभालाई प्रस्फुटन गर्ने मुख्य उदेश्यका साथ मिस्टर एण्ड मिस टिन २०२० को प्रतियोगिता ट्यालेन्ट सो नक्साल स्थीत हातिसारको आरन्या बुटिक होटलमा सम्पन्न भएको छ ।

व्यक्तित्व विकास तथा भाषा, कला साँस्कृतिलाई संरक्षण गर्न समेत यस्ता कार्यक्रमले सहयोग पुग्ने भएकाले आयोजना गरिएको गौतमा बुद्ध फिल्मीस प्रा लि का अध्यक्ष छिरिङ डोमा शेर्पाले जानकारी दिए ।

प्रतियोगितमा १९ जना प्रतियोगीहरुको सहाभगिता रहेको थियो अडिसन राउण्ड सकिएसंगै ट्यालेन्ट सो राउण्ड पनि सकिएको छ । फाइनल प्रतियोगिता भने काठमाडौं स्थीत प्रज्ञा बभवनमा हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्