बिद्यालयको भौतिक तथा शैक्षिक बिकासको लागि प्रतिष्ठान

ताप्लेजुङ / बिद्यालयको भौतिक तथा शैक्षिक बिकासमा सहयोग पुर्याउने उदेश्यले श्री राष्ट्रिय मा. बि. बिकास प्रतिष्ठान गठन भएको छ । ताप्लेजुङ जिल्ला सिरिजङ्गा गाँउपालीका वडा न. ५ मा अवस्थित श्री राष्ट्रिय मा. बि. पेदाङको भौतिक तथा शैक्षिक बिकासलाई लक्षित गरेर पुर्व बिद्यार्थी तथा बिधालयमा योगदान पुर्याएका सदस्यहरुले श्री राष्ट्रिय मा. बि. बिकास प्रतिष्ठान गठन गरेको हो । खेलप्रसाद बुडाक्षेत्री (पराग)को अध्यक्षतामा ११ सदस्ीय कार्यसमिती गठन गरेको छ ।

पदाधिकारीमा क्रमस उपाध्यक्ष तेजेन्द्र भण्डारी ,महासचिव कुमार भण्डारी ,।सचिब, ओम प्रकाश् लिम्बु ,कोसाध्यक्ष पुर्णकुमार महत रहेका छन भने सदस्यमा निर्मला भण्डारी , ध्रुवराज भण्डारी , हरि भण्डारी , टीका परा , कोपिला भण्डारी, र गोपाल भण्डारी छन् । त्यसैगरि सल्लाहकार सदस्यहरु देबि भण्डारी,सोमप्रसाद भण्डारी,डा.सुरेन्द्र भण्डारी , खडगप्रसाद पौडेल र खडगदास थाङ्देन रहेका छन् । अहिले पहिले जस्तो परम्परागत प्रयोगशाला र पुस्तकालय मात्र व्यवस्था गरेर पुग्दैन। तिनीहरूलाई समेत नयाँ प्रविधिको अर्थात डिजिटलयुक्त गरिनु आवशयक छ।

बिद्यालयका कक्षाकोठमा सरसफाई र राम्रो प्रकासको व्यवस्था हुनुपर्दछ। साथै बिद्यार्थी संख्याको अनुपातमा पुग्नेगरी सफा तथा अत्याधुनिक शौचालयको व्यवस्था गरिनु पर्दछ। बिद्यालयमा योग्य लाइवे्ररियन , नयाँ संस्करणका पुस्तक तथा सहायक पुस्तकहरू र खेलकुदका सामग्री र खेल्ने मैदान र अन्य आवश्यक हुने भएकोले यस्ता पुर्वाधारको अभाब हुन नदिन पनि प्रतिष्ठान आवस्यक रहेको अध्यक्ष परागले बताए ।


प्रतिक्रिया दिनुहोस्