सुनको भाउ घट्यो

काठमाडौं पौष २२ / लगातार बढेको सुनको भाउ आज घटेको छ। हिजो ७६ हजारमा कारोबार भएको सुन आज पाँच सयले घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यत्सै चाँदीको भाउ पनि घटेको छ। तोलामा २० रुपैयाँ घटेर चाँदी ९ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ। भाउ बढेपछि नेपाली बजारमा कारोबार पनि प्रभावित भएको छ। केही दिनमा सुनको भाउ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्