इरानको प’रमाणु भट्टी नजिकै शक्तिशाली भूकम्प

एजेन्सी ,इराकस्थित अमेरिकी हवाई बे’समा भएको क्षे’प्यास्त्र आ’क्रमण गरेर विश्वभर त’हल्का म’च्चाइरहेको बेला इरानमा भूकम्प गएको छ ।बुसेहर प’रमाणु भ’ट्टी नजिकै भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

अमेरिकी जियोलोजिकल सर्भे (युएसजीएस) का अनुसार बोराजानबाट १० किलोमिटर दक्षिणपूर्व केन्द्रविन्दु भएर ४.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको बताइएको छ ।बोराजान बुसेहरबाट ७० किलोमिटर टाढा रहेको छ ।

भूकम्प स्थानीय समयअनुसार विहान ३ बजेर १९ मिनेटमा गएको थियो ।भूकम्पको केन्द्रविन्दू र यसको गहराइले यो प्राकृतिक विपदा भएको र अमेरिकी बेसमा भएको ह’मलामा यसको कुनै सम्बन्ध नरहेको एक्सप्रेस डट युकेले जनाएको छ । भूकम्पबाट भट्टीमा कुनै क्ष’ति नपुगेको बताइएको छ ।गत डिसेम्बरमा यही क्षेत्रमा भूकम्प गएको थियो ।


प्रतिक्रिया दिनुहोस्