ताप्लेजुङबासीद्वारा यातायात मन्त्री नेम्बाङलाई १७ बुँदे माग

ताप्लेजुङ, पुस २३ गते । मन्त्री नेम्बाङ ताप्लेजुङ आउनभएको अवसरमा जिल्लाबासीका तर्फबाट भने राष्ट्रि«य गौरव सहितका विभिन्न आयोजना सञ्चालनका लागि १७ बुँदे मागपत्र बुझाएका छन् । फुङ्लिङ नगरपालिकाको अगुवाइमा ताप्लेजुङ उद्योग बाणिज्य सङ्घ, पाथीभरा क्षेत्र विकास समिति, नेपाल पत्रकार महासङ्घ, नेपाल रेडक्रस सोसाइटी, पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति लगायत सरोकारवालाले मन्त्री समक्ष मागपत्र बुझाएका हुन् ।


मागपत्रमा ओलाङ्चुङगोला उत्तर–दक्षिण लोकमार्गको ट्रयाक निर्माण तथा स्तरोन्नतिको कार्य, पाथीभरा सडक कालोपत्रेका लागि सङ्घीय सरकाराट थप बजेट विनियोजन गर्नुपर्ने, तमोर करिडोर, बहानन्दे दोभान–बसन्तपुर मदनभण्डारी राजमार्ग कालोपत्रेका लागि बजेट विनियोजन गर्नुपर्ने रहेको छ ।

यस्तै पाँचथरको थर्पु–सिनाम, खाम्दिम्बे–तेल्लोक–मामाङ्खे हुँदै कञ्चनजङ्घा बेस क्याम्प, मेची राजमार्ग तोक्मेडाँडा–बुद्धचोक सडक खण्ड आगलागीका कारण क्षति भएकाले वैकल्पिक तोक्मेडाँडा भिन्तुनाडाँडा पाथीभरा प्रावि हुँदै सुकेटार, दोभान मेरिङ्देन हुँदै फुङ्फुङ्गे झरना जोड्ने सडक कालोपत्रे, हेलिप्याड–बसपार्क–दगुर्ने मोटरबाटो निर्माण लगायतका योजना रहेका छन ।
जिल्लाबासीको तर्फबाट उक्त ज्ञापनपत्र फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले मन्त्री नेम्बाङलाई बुझाउनुभएको थियो ।

मन्त्री नेम्बाङ बुधबार बिहान ताप्लेजुङका विभिन्न सडक योजनाहरुको अवलोकन साथै निरीक्षण पछि पाँचथरको हिलिहाङ गाउँपालिकाको अमरपुरमा आयोजित कार्यक्रममा सहभागी हुन जानुभयो ।



प्रतिक्रिया दिनुहोस्