लिम्बू संग्रहालय र कञ्चनजंघा लोकपथको प्रचारका लागि मामाङखे महोत्सव (भिडियो)

काठमाडों / १ नं प्रदेश को शान कक्फेक्वा तङ्नाम,पर्यटन प्रर्वद्धन हाम्रो अभियान भन्ने नारा मूल नारासहित ताप्लेजुङ्गको मामामङखेमा आगामी पुस २८ देखि माघ २ गतेसम्म (कक्फेक्वा तङ्नाम ) माघे संघ्रान्तिको अवसर पारेर मामाङ्खे महोत्सब हुने भएको छ । लिम्बु संग्हालय र कञ्चनजंघा लोकपथको स्तर उन्नती गरि पर्यटन प्रवर्दनमा सहयोग पुर्याउने उदेश्यले सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा आयोजना हुने महोत्वसमा सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको विशिष्ठ आतिथ्य, मा ” मामाङ्खे महोत्सब हुन लागेको हो ।

(भिडियो)

, महोत्वसमा प्रदेश १ का नेकपा संसदीय दल का उपनेता टंक आम्बुहांङ्ग, पूर्व सांसद पासाङ शेर्पा, तिल कुमार मेन्याङ्ग्बो, प्रदेश सभा सदस्य बलबहादुर सम्सोहांङ्ग,पूर्व मन्त्रिहरु,पूर्व संसदहरु र विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहने महोत्सब आयोजक समितिका प्रमुख सल्लाहकार चित्र माबोले जानकारी दिएका छन् ।

सिरिजंगा गाउँपालिका अन्तर्गत वडा नं १ मा आयोजाना हुने महोत्सबको मुख्य आकर्षक लिम्बु संग्रहालयको अवलोकन का साथै,सांस्कृतिक धान नाच, पालुंग नाच ,च्याब्रुंङ नाच , हाक्पारे नाच, लगायत गायन तथा नृत्य र झाँकीहरुको प्रस्तुती रहने छ । आयोजक समितिका प्रमुख सल्लाहकार माबोका अनुसार संस्कृति र परम्पराको जगेर्ना र यूवा तथा खेलाडीको क्षमता विकासका लागि समेत यो महोत्सव लाभदायी रहने बिश्वास व्यक्त गरे ।

लिम्बु समुदायका करिव ९० प्रतिशतभन्दा बढि माबो समुदाय रहेको मामान्ग्खेमा लिम्बु सङ्ग्रालय छ भने बिश्वकै सर्बोच्च तेस्रो शिखर कन्चनजंगा जाने पदमार्ग गन्तब्य पनि यहिँ छ। भौगोलिक हिसाबले निकै दुर्गम ठाउँ मानिने मामाङखेमा पर्यटक प्रर्वदन गर्न र सरकारी निकायको ध्यानाकर्षण गर्न पनि महोत्सब आयोजना गरिएको माबोले बताए।


प्रतिक्रिया दिनुहोस्