एक युवाको शंकास्पद अवस्थामा शव फेला

इलाम / इलामको सूर्योदय नगरपालिका ७ गोगनेमा एक युवकको शंकास्पद अवस्थामा शव फेला परेको छ । सोमबार बिहान घर नजिकैको खोल्सिमा – २९ बर्षिय विमल घलेको शव फेला परेको हो । कपडाले अनुहार छोपिएको र पेटको कपडा हटाईएको अवस्थामा भेटिएको थियो ।

शरिरभरि चोटपटक र निलडाँम रहेकोे र शरिर जलाईएको अवस्थामा फेला परेकोले घलेको मृत्यु नभई कसैले हत्या गरेको छिमेकी अमृत कटुवालले बताए । बिहान करिब १० बजेको समयमा छिमेकी बिष्णु बहादुर घलेले खोल्सिमा कठ्याङ्ग्रिएको अवस्थामा विमलको शव फेला पारेका थिए । घलेका अनुसार, घटनास्थल वरिपरि रगत चुहिएको र मृतकको शरिरमा ढुङ्गा प्रहार भएजस्तो गहिरो चोटपटक र निलडाँम देखिएकाले घटना शंकास्पत भएको जनाएको छ ।

घटनास्थलमा पुगेका फिक्कल प्रहरी चौकि , हर्कटे प्रहरी चौकि , इलाका प्रहरी चौकी पशुपतिनगर र जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी टोलीले संयुक्त रुपमा घटनाको अनुसन्धान अघि बढाएका छन । शव पोष्टमार्टमका लागि प्रहरी चौकी फिक्कलमा राखिएको फिक्कल प्रहरी चौकी प्रमुख शम्भु बस्नेतले जानकारी दिए । अनुसन्धान पछि थप जानकारी गराउने बस्नेतले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्