बसभित्रै महिलाको कपालमा विर्य फाल्ने युवा पक्राउ

काठमाडौं २९ पौष / गत वर्ष माघ १० गते सार्वजनिक बसभित्र हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेका रबिन घटनालगत्तै भारत फरार भएको प्रहरी अनुसन्धानमा अहिले खुलेको छ ।

सात महिनाअघि मात्रै नेपाल फर्किएका रबिनलाई महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट पक्राउ गरेको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार भिडियो २०७५ साल साउनमा खिचिएको थियो भने ६ महिनापछि सामाजिक सञ्जालमा रबिन रुचालको नामबाट सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएपछि ६ महिनापछि मात्रै पीडितले प्रहरीमा दिएको जाहेरीको आधारमा घटनामा संलग्नको खोजी कार्य भइरहेको थियो ।

भरतपुर महानगरपालिका–२४ स्थायी घर भएका २१ वर्षीय रबिनले पैसा कमाउने उद्देश्यले उक्त घटना घटाएको प्रहरी समक्ष बयान दिएको छ। साथै, उक्त भिडियो उनी आफैंले खिचेको पनि बयानमा उल्लेख गरेको छ ।

बिगत ३ वर्षदेखि काठमाडौंको बानेश्वरमा बस्दै आएका रबिनले रिक्सा चलाउने काम गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्