अष्ट्रेलियामा डढेलोबाट बच्न सफल जनावरहरुलाई हेलिकप्टरबाट खाद्यान्न फालिँदै

सिडनी , डढेलोबाट बच्न सफल जनावरहरुको जीवन थप संकटमा पर्दै गएकोले हेलिकप्टरमार्फत खानेकुरा जंगलमा क्षेत्रमा खसालिरहेको जनाईएको छ । जंगलमा खानेकुरा अभावका कारण बाँचेका जनावरहरु पनि मर्ने अवस्थामा देखिएपछि नेशनल पार्क सेवाले सो कदम चालेको हो ।

हालसम्म २२०० केजी तरकारी जनावरको लागि जंगलमा खसाईसकिएको छ । सिडनी विश्वद्यिालयका ईकोलोजिष्टका अनुसार डढेलोका कारण सेप्टेम्पर यता ४८० मिलियन स्तनधारी,चरा,रेप्टाईल्सहरुले ज्यान गुमाएका छन् ।

न्यु साउथ वेल्स र भिक्टोरियामा कैयौं मानिसहरु ज्यान गएको छ भने कैयौं हराईरहेको र हजारौं मानिस घरविहिन भएका छन भने अवौं जनावरहरुले ज्यान गुमाएका छन् । यो सख्या झन ठुलो हुँदै गएको जनाएका छन् । पछिल्लो समय डढेलो झन अनियन्त्रित भएकोले यसबारे सरकार गंम्भिर हुन अधिकारीहरुले आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्