शेर्पा सञ्चार समुह नेपालद्धारा १० दिने समाचार लेखन तालिम सुरु

काठमाडौं २ माघ / शेर्पा सञ्चार समुह नेपालले युवाहरुलाई लक्षित गरि संचालन गरिएको समाचार लेखन तालिम २०७६ माघ १ गतेदेखि सुरु गरिएको छ । शेर्पा सञ्चार समुह नेपालले आयोजना गरेको तालिमको उद्घाटन भने संस्थाका निवर्तमान अध्यक्ष फुर्किमा शेर्पाले गरेका थिए । करिब २५ जना भन्दा वढी विद्यार्थीहरुको सहभागिता रहेको सो तलिमको शिक्षक भने पत्रकार पि टि लोप्चनले गर्ने भएका छन् ।

राजधानीको बौद्ध टुसालमा सुरु भएको तालिममा पत्रकारिताको परिचय, समाचार लेखन विधि, फिचर लेखन, पर्यटन र अनलाईन पत्रकारिता विषय समेटिन्ने छ । तलिम १० दिन सम्म सञ्चालन हुने हुने भएको छ । शेर्पा संञ्चार समूह नेपालले पत्रकारिता, फोटोपत्रकारिता, उद्घोष, लगायत सञ्चार सँग संबन्धित विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्