जन्ती बोकेको जिप दुर्घटना,दुलाहा दुलहीसहित १४ जना घाइते, ४ को अवस्था गम्भीर

सिन्धुली / सिन्धुलीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुलाहा दुलहीसहित १४ जना घाइते भएका छन् भने ५ जनाको अवस्था गम्भीर रहेको छ ।

मरिण गाउँपालिका १ कटुन्जेबाट जन्ती लिएर हरिहरपुरगढी गाउँपालिकाको तामाजोरतर्फ जन्ती लिएर जाँदै गरेको ना १ च १८६० नम्बरको रोयल कात्तिके यातायातको जिप सिदुरगाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा योगेश एस्माली, सानु खपाङ्गी, दिलबहादुर पुलामी, रुपेश मगर र एकबहादुर पुलामी गम्भीर घाइते भएकाम हुन् ।घाईतेहरूको कपिलाकोट स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सिन्धुली सदरमुकामतर्फ पठाउने तयारी भएको मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले जानकारी दिनुभयो ।

दुलहा राजकुमार रखाल र दुलहीसहित अन्य घाइतेहरुको कपिलाकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुलहा र दुलहीको भने अवस्था सामान्य रहेको बम्जनले जानकारी दिए।

दुर्घटनाका घाइतेलाई इलाका प्रहरी कार्यालय कपिलाकोट र स्थानीयले उद्धार गरेका थिए । दुर्घटना के कारणले भएको भन्ने एकिन नभएपछि प्रहरीले अनुशन्धान थालेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961