दुबईमा १८ नेपाली सवार बस दुर्घटना, ६ जनाको मृत्यु

दुबई / दुबईमा भएको बस दुर्घटनामा छ जनाको मृत्यु भएको छ । आज विहान अल राह रोडमा चालकदलका सदस्यसहित २४ जना चढेको बस ट्रकसँग ठोक्किदा दुर्घटनामा भएको थियो । ट्र क रोकिएको र तिव्र गतिमा आएको बसले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनाको भिडियो हेर्दा बस चालकको लापरबाही कारण दुर्घटना भएको देखिन्छ ।

नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदुत कृष्णप्रसाद ढकालले बसमा सवार २४ यात्रीमध्ये १८ जना नेपाली रहेको जानकारी दिएका छन् । पाँच जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको बुझिएको छ ।राजदूत ढकालले घटनामा ज्यान गुमाउनेहरु कुन कुन देशका नागरिक हुन् भन्नेबारे स्पष्ट जानकारी आइसकेको बताए । स्थानीय समय अनुसार विहान साँढे पाँच बजे घटना भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961