लिम्बू पत्रकार संघ पाँचथरको अधिवेशन सम्पन्न,अध्यक्षमा उपेन्द्र एक्तेन

पाँचथर : लिम्बू पत्रकार संघ पाँचथरको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।शनिबार सम्पन्न अधिवेशनले उपेन्द्र एक्तेनको अध्यक्षतामा १३ सदस्यीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा नुनाम केरुङ, सचिवमा प्रिय योङ्हाङ र कोषाध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन् । त्यसै गरि सदस्यहरुमा सम्झना योङ्हाङ, युवेन जबेगु, सुजा सम्बाहाम्फे, चन्द्रकला नेम्बाङ, विश्वराज आङ्देम्बे, खेसेला योङ्हाङ, सुस्मा हाङसरुम्बा, मौसम सम्बाहाम्फे र सुनिता खजुम रहेका छन ।

केन्द्रीय प्रतिनिधीहरुमा कविता थाम्सुहाङ, घनेन्द्र केरुङ, भकेन्द्र लावती, नारायण तुम्बापो, एलभी लावती, देविका योङहाङ र निशा लोवा चयन भएका छन् । लिम्बु पत्रकार संघका केन्द्रिय उपाध्यक्ष विजयवोध लावतीको प्रमुख आतिथ्यतथा,पूर्व अध्यक्ष प्रयास लिम्बु,महासचिव मिलन लिम्बूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्