अक्षयकोष स्थापनार्थ,ताप्लेजुङ साँझ हुने

काठमाडौं ५,माघ – ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा ‘ताप्लेजुङ साँझ’ कार्यक्रम हुने भएको छ। ताप्लेजुङका समस्त कलाकर्मीहरूको हित, संरक्षण, प्रवर्द्धन,संरक्षण र उत्थानका लागि ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष स्थापनार्थ कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आउँदो माघ १७ गते साँझ सम्पन्न गरिनेछ। र यो कोसेढंगा सावित हुने आयोजकले बताए।

आइतबार काठमाडौंको बागबजार स्थित होटल हार्दिकमा भएको पत्रकार भेटघाटमा आयोजकले ‘ताप्लेजुङ साँझ’का बारेमा जानकारी गराएको हो।साङ्‍गीतिक र सांस्कृतिक प्रवर्द्धसँगै भ्रमण वर्ष २०२० लाई समेत मध्यनजर गरेर आयोजना गर्न लागिएको कार्यक्रममा राष्ट्रिय स्तरका दर्जन बढी कलाकारहरूले प्रस्तुति रहनेछ । आयोजकका अनुसार कार्यक्रममा ताप्लेजुङकै कलाकर्मीहरू मनोज गजुरेल, झुमा लिम्बू, सुशन साम्सोहाङ, कुशल थलङ, कञ्चन थलङ, बिना भट्टराई, पदम राई, तारा थेबे, जसोदा सुब्बा, मोहन मादेन, सुष्मा लिवाङसँगै, अतिथि कलाकारहरू राजेशपायल राई र मेलिना राईको प्रस्तुति रहनेछ।

यस साँझमा अशोक लोहरुङ राईको संगित संयोजन,माधव प्रधानको प्रादेशिक सामुहिक नृत्य ,दावा इलावाको हिमाली सामुहिक नृत्य , र मोहन मादेनको च्याँब्रुङ सामुहिक नृत्यको संयोजन रहनेछ । कार्यक्रमलाई नेपाल टेलिकम,मेघा बैंक,कमर्सियल बैक,प्रभु बैक बराह ज्वेलर्स,गोर्खा ब्रुअरी, जावलाखेल डिष्ट्रीलरी ताप्लेजुङमा संञ्चालित हाईड्रो पावर कम्पनीहरु लगायत जिल्लाका व्यवसायीहरुको सहयोग रहेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा ताप्लेजुङको मौलिक सस्कृतीहरु च्याब्रुङ नाच, धान नाच, स्याब्रु नाच लगायत विभिन्न सांस्कृतिक प्रस्तुति समेत राख्ने आयोजकको तयारी छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा करिब १५ सय दर्शक भित्र्याउने लक्ष्य आयोजकले लिएको छ।

जसबाट ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापना, ताप्लेजुङको पर्यटन प्रवर्द्धनको प्रचारप्रसार र ताप्लेजुङवासी र देशभरका आममानिसका बीचमा सद्‌भाव बढाउने उद्देश्य रहेको आयोजकले बताए। कार्यक्रम माघ १७ गते दिउँसो ३ बजेदेखि करिब ३ घन्टा चल्नेछ। ताप्लेजुङ साँजबाट संकलित रकमको मुल हिस्सा कलाकार अक्षयकोषमा जम्मा हुने र केही रकम आर्थिक अभावले पढन नपाएका असहाय बालबालिकाको शिक्षाका लागि स्थापित अक्षयकोषमा रहने जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्