रिक्त रहेको १८ पदका लागि राष्ट्रिय सभाको चुनाव आज, परिणाम पनि आजै

काठमाडौं – राष्ट्रिय सभाको रिक्त रहेको १८ पदका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनबाट प्रदेश १ मा महिला, दलित र अन्य समूहमा तीनजा, प्रदेश २ मा महिला, दलित, अपाङ्गता भएका व्यक्तिवा अल्पसंख्यक समुदाय र अन्य समूहमा चारजना, बागमती र गण्डकी प्रदेशमा महिला र अन्य समूहमा दुईदुई जना, प्रदेश ५ मा महिला, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय र अन्य समूहका तीनजना, कर्णाली र सुदूरपश्चि प्रदेशमा महिला र अन्य समूह दुईदुई जना गरी जम्मा १८ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुनेछन्।

हिजो आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन हुने सात प्रदेशका उच्च अदालत रहेको जिल्ला सदरमुकाममा तोकिएको मतदानस्थलमा मतदान केन्द्रको निर्माण सम्पन्न भएको जानकारी दिएका थिए। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले आज बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म मतदान हुने र मतदान सकिए लगत्तै मतगणना शुरु गररे आज नै सबै परिणाम सार्वजनिक गरिसक्ने व्यवस्थाका लागि निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको बताए। प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने कार्यमा सहयोगका लागि सरोकारवाला सबैसँग आग्रह गरेका छन्।

निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीगरी ६ राजनीतिक दलका तर्फबाट ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रदेश सभा सदस्य तर्फका पाँच सय ५० र स्थानीय तह तर्फ एक हजार पाँच सय छ गरी दुई हजार ५६ मतदाता रहेको आयोगले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961