झापा जिल्लामा पहिलो पटक शेर्पा सञ्चार गठन अध्यक्षमा आङ दिकु शेर्पा

काठमाडौं ९ माघ /आम सञ्चार क्षेत्रमा शेर्पा हरुको व्यापक सहभागीता पहिचान सहितको सञ्चार क्षेत्रलाई व्यावसायीकरण गर्ने हाम्रो प्रतिवद्धता भन्ने मुल नाराको साथ शेर्पा सञ्चार समुह नेपालले झापा जिल्लामा पनि शेर्पा सञ्चार गठन गरिएको छ । शेर्पा संन्चार समुह नेपालका केन्द्रिय महासचिव पासाङ शेर्पाको विशेष उपस्थिति तथा केन्द्रीय सदस्य मिङमा शेर्पा पाङकर्माको उपस्थितिमा आङ दिकु शेर्पाको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्यसमिति गठन गरिएको छ ।


अध्यक्ष आङ दिकु शेर्पा
उपाध्यक्ष किमा शेर्पां
उपाध्यक्ष लाक्पा शेर्पा
सचिब पासाङ शेर्पा
सहा सचिब शिक्षा शेर्पा
कोषाध्यक्ष लक्चुङ शेर्पा
सदस्य नुलि शेर्पा
सदस्य दाफुटी शेर्पा
सदस्य नरमाया शेर्पा
सदस्य पासाङ चोमु शेर्पा
सदस्य डोमा शेर्पा
गरि ११ जना गठन गरिएको हो ।

संस्थाले यस अघि तप्लेजुङ , खोटाङ सोलुखुम्बु ,रामेछपा,ओखलढुङ्गा जिल्लामा शाखा गठन गरि सकेका छन् । शेर्पा सञ्चारले बार्षिक रुपमा पत्रकारिता, फोटोपत्रकारिता, उद्घोषण लगायत सञ्चार सँग संबन्धित विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ भने शेर्पा समुदायमा सञ्चार माध्यमको महत्व र आवश्यक्ताका विषयमा सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । शेर्पा सञ्चार समुह नेपालको कार्यलय बौद्ध टुसालमा रहेको र यो संस्थले शेर्पा समुदाय रहेको सबै जिल्लामा शाखा विस्तार गर्ने योजना समेत लिएको छ ।


प्रतिक्रिया दिनुहोस्