नेपाल शेर्पा विद्यार्थी संघको महाधिवेशन माघ ११ मा हुँदै

मिङमा शेर्पा पाङकर्मा काठमाडौं ९ माघ / लक्ष्य एक बाटो अनेक आजको विद्यार्थी भोलीको नेतृत्व भन्ने नारा सहित आयोजना गर्ने नेपाल शेर्पा विद्यार्थी संघको १२ औं महाधिवेशन माघ ११ गते ज्योति पार्टी प्यालेस कुमारीगल स्थितै हुने भएको छ ।

महाधिवेशनको तयारी भईरहेको संस्थाका अध्यक्ष आचार्य साङगे मिङमा शेर्पाले जानकारी दिएका छन् । महाधिवेशनमा विभिन्न १३ वटा जिल्ला शाखा साथै ८ वटा क्याम्पस इकाईका प्रतिनिधी, परीवेक्षकहरुले सहभागिता जनाउने अध्यक्ष शेर्पाले जानकारी दिएका छन् ।

संघले शेर्पा विद्यार्थीहरुको हकहित, सुरक्षा, प्रोत्साहन, छात्रवृक्ति वितरण र सामाजिक न्यायका लागि क्रियाशिल संघले विभिन्न कार्यहरु गर्दै आएको छ । विद्यार्थी संघ विगत साढे दुई दशक देखि शेर्पा युवाहरुको शैक्षिक क्षेत्रमा सहभागीताका लागि वकालत गर्दै आइरहेको छ । सो दिन सम्पुण शेर्पा लगायत अन्य समुदायहरुमा उपस्थितको लागी अनुरोध समेत गरेका छन्


प्रतिक्रिया दिनुहोस्