गम्बु शेर्पाको “वेल्कम टु माई हार्ट ” सार्वजानिक

मिङमा शेर्पा पाङकर्मा काठमाडौं,९ माघ – लामो समयदेखि संगित क्षेत्रमा लागिरहेका गायक गम्बु शेर्पाले फेरि वेल्कम टु माई हार्ट बोलको नयाँ म्युजिक भिडियो सार्वजानिक गरेका छन् । अनामनगर स्थित यति पार्टी प्यालेसमा पत्रकार सम्मेल गरि उक्त म्युजिक भिडियो सार्वजानिक गरेको हो ।

गोम्बु शेर्पाको स्वरमा रहेको उक्त गितको शब्द भने अशुसेन लामाको रहेको छ । कलाकारहरुमा प्रदिप लामा, अलिशा सर्मा, सरिता तामाङ ,मन्जु तामाङ ,सिर्जना रावल ,अन्कुस शाही ,छन् । लामो समयदेखि अमेरिका बस्दै आएका गम्बु ूशेर्पा समुदायको एक कुशल गायक हुन् ।

बिगत १३ बर्ष देखि गीति एल्वमहरु निकाल्दै आएका गम्बु यसपटक युवा युवतीलाई समर्पित गित बजारमा ल्याएका हुन् । अरुणपोष्टसंग कुरा गर्दै शेर्पा भन्छन् म अरु जस्तो पत्रकारलाई गाली गर्दै चर्चा कमाउन चाहान्न म सबै पत्रकारलाइ सम्मान गर्छु म मा त्यस्तो चर्चा कमाउने कुनै स्वार्थ छैन सबैको भलो चाहान्छु । लामो समयपछि नयाँ गितको आगमन भएकोमा खुशि समेत व्याक्त गरेका छन् ।
भिडियो


प्रतिक्रिया दिनुहोस्