राष्ट्रियसभामा नेकपाको कब्जा,कांग्रेस निल (विजयीहरुको नामसहित)

काठमाडौं – राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेकपाले कब्जा गरेको छप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पूर्ण रुपमा बाहिरिएको छ । फागुनमा रिक्त हुने १९ मध्ये १८ पदका लागि निर्वाचन भएको हो । राष्ट्रियसभामा नेकपा र राजपाले भागवण्डा गरेका सबै पद हात पारेका छन् । नेकपा र राजपाले १६, २ को भागवण्डा गरेका थिए । एक सदस्य राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ । सत्तारुढ नेकपाका १६ उम्मेदवार विजयी भएका छन् । राजपाले प्रदेश २ मा पाएको २ सिट हात परेको छभने प्रदेश–१ मा दलित समूहबाट १, महिला समूहबाट १ र अन्य समूहबाट १ गरी ३ सदस्यका लागि निर्वाचन भएको निर्वाचनमा नेकपाका गोपीबहादुर सार्की अछामी, इन्दिरादेवी गौतम देवेन्द्र दाहाल विजयी भएका छन् ।

यस्तै, प्रदेश–२ मा महिला समूहबाट १, अल्पसंख्यक समूहबाट १, दलित १ र अल्पसंख्यक १ गरी ४ सदस्यका लागि निर्वाचन भएको छ । महिला समूहतर्फ नेकपाका तुलसाकुमारी दाहाल र अन्य समूहतर्फ राजपाका मृगेन्द्रकुमार सिंह यादव विजयी हुनु भएको छ ।

यस्तै, दलित समूहतर्फ नेकपाका राधेश्याम पासवान र अल्पसंख्यक समूहतर्फ राजपाका शेखरकुमार सिंह विजयी हुनु भएको छ । बागमती प्रदेशमा महिला समूहबाट १ र अन्य समूहबाट १ सहित २ सदस्यमा नेकपाकी गंगाकुमारी बेल्वासे र वैचारिक नेता डाक्टर वेदुराम भुसाल विजयी हुनु भएको छ ।

गण्डकी प्रदेशमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी हुनु भएका छन् । यहाँ महिला समूह १ र अन्य समूहबाट १ सहित २ सदस्यका लागि निर्वाचन भएको हो ।प्रदेश ५ मा महिला समूह १, अपांग तथा अल्पसंख्यक समूह १ र अन्य समूह १ गरी ३ सदस्यका लागि निर्वाचन भएको हो । नेकपाकी बिमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई विजयी हुनु भएको छ । कर्णाली प्रदेशमा अन्य समूहबाट १ र महिला समूहबाट १ गरी दुई सदस्यका लागि भएको निर्वाचनमा नेकपाका सुमित्रा बिसी र मायाप्रसाद शर्मा विजयी हुनु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा महिला समूहको १ र अन्य समूहको १ गरी दुई सदस्यका लागि भएको निर्वाचनमा नेकपाका शारदादेवी भट्ट र तारामान स्वाँरको मत बढी देखिएको छ । मतगणना जारी रहेकाले नतिजा आउन बाँकी छ । १८ पदमध्ये १६ पदमा उम्मेदवारी दिएको नेकपाले सफलता मात्र पाएको छैन, प्रदेश २ मा राजपासँग सहकार्य गरेर राजपाको दुई उम्मेदवार पनि विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्