पहिचानसंग स्वार्थ साट्नेलाई सामाजिक बहिस्कार गर्नुपर्छ : आङ काजी शेर्पा

आङ गेलु शेर्पा, काठमाडौ ११ माघ / आदिवासी जनजाती महासंघका पुर्व महासचिव आङ काजी शेर्पाले आफ्नो पहिचान सम्वन्धी मुद्दालाई कुनै पनि स्वार्थ संग साट्न नहुने बताएका छन। नेपाल शेर्पा विद्यार्थी संघको १२ औं महाअधिवेशनको उद्घाटन समारोहमा बोल्दै शेर्पाले सम्पुर्ण युवा विद्यार्थी तथा बुद्धिजिवि हरु एक भएर आफ्नो पहिचाहनको लागि लड्नु पर्ने कुरामा जोड दिंदै।

उनले सम्पुर्ण आदिवासी जनजाति समुदाय विगत लामो समय देखि नै राज्य बाट पछि पारिएको भन्दै अब आफ्नो अधिकारको लागि एक जुट भएर लड्नु पर्ने बताए । आफ्नो पहिचाहनको लागि पार्टि र पद भन्दा माथी उठेर लाग्नु पर्ने र यदि कसैले पहिचाहन संग स्वार्थ साट्न खोजे त्यसलाई सामाजिक बहिष्कार गर्नु पर्ने बताएका छन।

समारोहकै क्रममा बोल्दै सांसद जिप छिरिङ लामा तथा पुर्व राजदुत लक्की शेर्पाले शेर्पा प्रदेशको मुद्दालाई सधै जिवन्त राख्नु पर्ने र राज्यको भिविन्न तहमा व्यापक सहभागिता हुनु पर्ने बताएका छन।


प्रतिक्रिया दिनुहोस्