आस्था राउतद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं १३ माघ / त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो ।

‘कानुनी प्रक्रियालाई सहयोग गर्ने भन्दै बिहान साढे ७ बजे कार्यालयमा उपस्थित भएका थिए ।माघको पहिलो साता त्रिभुवन विमानस्थलमा राउत र प्रहरीबीच भनाभन भएको थियो । भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दुर्व्यवहार भएको दाबी गर्दै प्रहरीलाई गालीगलौच गरेकी थिइन् ।

पछि विमानस्थलको सीसीटिभी भिडियो नै मिडियामार्फत सार्वजनिक गरेको प्रहरीले राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो । सोहीअनुसार माघ १३ गते आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो । प्रहरीले अब राउतलाई जिल्ला प्रशासनमा उपस्थित गराउनेछ । त्यहीँबाट उनी प्रहरी नियन्त्रणमा नै रहने वा रिहा हुने प्रक्रिया अघि बढ्नेछ ।


प्रतिक्रिया दिनुहोस्