शेर्पा सञ्चारद्धारा १२ दिने उद्धघोषण तालिम सुरु

काठमाडौं माघ १२ / आम सञ्चार क्षेत्रमा शेर्पाहरुको व्यापक सहभागीता पहिचान सहितको सञ्चार क्षेत्रलाई व्यावसायीकरण गर्ने हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ शेर्पा सञ्चार समुह नेपालले शेर्पा भषामा उद्धघोषण तालिम सुरु गरेको छ ।

शेर्पा सञ्चार समुह नेपाल दक्षिण कोरियाको विशेष सहयोगमा आयोजना भएको उक्त तालिमको उद्धघाटन सञ्चारका सल्लाहकार आचार्य नोर्बु शेर्पाले गरेका थिए । कार्यक्रममा युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका संस्थापक अध्यक्ष शेरप जाङ्बु शेर्पालाई स्वागत समेत गरिएको थियो ।

राजधानीको बौद्धमा १२ दिन सम्म संचालन हुने तालिममा १५ जना भन्दा बढि सहभागिता रहेको सो तालिमको प्रशिक्षण भने शेर्पा भाषा लेखक तथा अनुसन्धानकर्ता सेर्कु शेर्पाले दिनेछन् । तालिममा शेर्पा भाषामा उद्धघोषण कसरी गर्ने कसरी बोल्ने भन्ने र अन्य विषयमा संचालन हुनेछ । शेर्पा संचार समुह भने देशको विभिन्न जिल्लामा ताप्लेजुङ झापा ओखलढुगां सोलुखुम्बु लगायत अन्य जिल्लामा समेत गठन भएको छ ।

शेर्पा समाजमा मात्रै नभएर अन्य समुदायलाई समेत तालिम दिदै आएका संचारले फोटो पत्रकारिता समाचर लेखन तालिम नेपाली उद्धघोषण तालिम शेर्पा भाषा उद्धघोषण तालिम दिदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्