ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको आयोजनामा हुने ताप्लेजुङ साँझ को तयारी पुरा

काठमाडौं, १४ माघ / ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापनार्थ हुने ‘ताप्लेजुङ साँझको तयारी पुरा भएको आयोजकले जनाएको छ । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंको आयोजनामा यही माघ १७ गते ‘ताप्लेजुङ साँझ हुदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजना हुने कार्यक्रमको तयारी पुरा भएको केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले जानकारी दिएका छन् ।

ताप्लेजुङका कलाकर्मीहरूको हित, संरक्षण, प्रवर्द्धन र उत्थानका लागि ‘ताप्लेजुङ कलाकार कल्याणकारी कोष’ स्थापनार्थ कार्यक्रमको आयोजना गर्न लागिएको साँवाको भनाई छ ।

साङ्‍गीतिक र सांस्कृतिक प्रवर्द्धसँगै भ्रमण वर्ष २०२० लाई समेत मध्यनजर गरेर आयोजना गरिन्न लागिएको कार्यक्रममा दर्जन बढी कलाकारहरुको प्रस्तुती रहनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा करिब १५ सय दर्शक उपस्थित हुने बताइको छ । कार्यक्रम माघ १७ गते दिउँसो ३ बजेदेखि करिब ३ घन्टा चल्नेछ।

कार्यक्रममा ताप्लेजुङकै कलाकारहरू मनोज गजुरेल, झुमा लिम्बू, सुशान साम्सोहाङ, कुशल थलङ, कञ्चन थलङ, विना भट्टराई, पदम राई, तारा थेबे, जसोदा सुब्बा, मोहन मादेन, सुष्मा लिवाङसँगै, अतिथि कलाकारहरू राजेशपायल राई ईन्दिरा जोशि मेलिना राईको प्रस्तुति रहनेछ । आयोजक संस्थाको तर्फबाट काठमाडौं बासीलाई उपस्थितको लागी अनुरोध समेत गरेका छन्


प्रतिक्रिया दिनुहोस्