हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्धारा गुथुक साँझ आयोजना गर्दै,

मिङमा शेर्पा पाङकर्म काठमाडौं २० माघ / वरिष्ठ हास्यव्यंग्य कलाकार साम्दे शेर्पा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम संगै हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले नेपालको सम्पुर्ण महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चार्ड “च्या फो च्यिवा लो” २१४७ औं ग्याल्पो लोसारको अवसरमा “लोसार गुथुक साँझ” आयोजना गर्ने भएका छन् ।

शेर्पा भाषाको संरक्षण गर्ने उद्देश्यले २०४९ सालमा स्थापना भएको यस हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले स्थापना कालदेखि शेर्पाहरूको भाषा, कला, सांस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रसम्म परिचित गराउने कार्यहरू गर्दै आइरहेका छन् । प्रतेक वर्ष आयोजना हुंदै्र आएको क्तृत्वकला यस वर्ष पनि निरन्तरता दिने भएको छ यस वर्षको क्तृत्वकलाको शीर्षक भने नेपालको पर्यटन विकास तथा पर्यटकीय भ्रमण वर्ष २०२०मा शेर्पा समुदायको भूमिका के रहन्छ भन्ने शीर्षकमा क्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

वरिष्ठ हास्यव्यंग्य कलाकार साम्दे शेर्पा समुदायको मात्रै नभएर नेपाली समुदायकै राष्ट्रिय कलाकार हुन् । फागुन १० र ११ गते चुच्चेपाटी स्थित ह्यात चौरमा उक्त कार्यक्रम हुने कार्यक्रम संयोजक आङ डोमा शेर्पाले जानकारी दिए। सबै जिल्लाका शेर्पाहरूको एक आपसमा मैत्रीभाव कायम गर्ने र शेर्पा कला संस्कृतिको विविधतालाई एउटै थलोमा ल्याई प्रस्तुत गराउन कार्यक्रम गर्न लागेको संयोजक शेर्पाको भनाई छ । शेर्पा युवापुस्ताबाट टाढिदै गईरहेको संस्कार सँस्कृतिलाई संरक्षण, गर्ने उद्देश्यले यस कार्यत्रमलाई निरन्तर अगाडि बढाई रहेको संस्थाका बर्तमान् अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिएका छन् ।

विश्वका जुनसुकै देशमा रहेता पनि आफ्नो भाषा, संस्कृति, भेषभुषा र परम्परागत मुल्य र मान्यताहरू जोगाए मात्रै हाम्रो अस्तित्व र पहिचान जोगिने र शेर्पा हुनुको सार्थकता पनि झल्किन्छ, हामी आफैमा नेपाली शेर्पा हुनुमा गर्व गर्छौ ।

विश्वका जुनसुकै देशमा रहेता पनि हाम्रो एकताको प्रतिविम्ब हाम्रो भाषा, संस्कृति, भेषभुषा र परम्परागत मुल्य र मान्यताहरू जोगाए मात्रै हाम्रो अस्तित्व र पहिचान जोगिने र त्यसपछि मात्र हामी आफैमा शेर्पा हुनुको सार्थकता पनि झल्किन्ने र हामी आफैमा नेपाली शेर्पा हुनुमा गर्व गर्न सकिने संस्थाका अध्यक्ष शेर्पाको भनाई छ। फागुन १० र ११ गते सम्पुर्ण काठमाडौंमा बसोवास गर्ने ल्होसार प्रेमि सम्पुर्णमा उपस्थितको लागी आग्रह समेत गरेका छन्


प्रतिक्रिया दिनुहोस्