विश्व बौद्ध सम्मेलनको सदस्य सचिवमा पासाङ शेर्पा नियुक्त

काठमाडौं २० माघ । सरकारले आगामी वर्ष गर्न लागेको विश्व बौद्ध सम्मेलन मूल समारोह समितिको सदस्य सचिवमा पासाङ शेर्पालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य शेर्पालाई सदस्य सचिवमा नियुक्त गरेको हो ।

सरकारले भ्रमण वर्ष २०२० लाई समेत लक्षित गरेर २०७७ वैशाखमा बुद्ध जयन्तीका अवसर पारेर लुम्बिनीमा विश्व बौद्ध सम्मेलन आयोजना गर्दैछ । पर्यटनमन्त्री अध्यक्ष रहने सो समितिको सल्लाहकारमा प्रधानमन्त्री केपी ओली रहेका छन् ।

पर्यटन विभागका उपप्रमुख समेत रहेका शेर्पाले विश्व बौद्ध सम्मेलन सफल पार्न र संसारभरका बुद्धमार्गीहरुलाई बुद्धजन्मस्थल लुम्बिनीमा आकर्षित गर्न मूल समारोह समितिले काम गर्ने बताएका छन् । सम्मेलनमा बिभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई समेत निम्ता दिने तयारी सरकारको छ ।


प्रतिक्रिया दिनुहोस्