सीसीटीभी फुटेज : कामदारले यसरी गरेको रहेछ पूर्वसचिव पत्नी मुनाको हत्या

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या घरमा सहयोगीका रूपमा राखिएका दाङका बिजय चौधरीले गरेको सीसीटीभी फुटेजबाट देखिएको छ । सोमवार बिहान पूर्वसचिव कार्की पशुपति दर्शन गर्न गएका बेला कार्कीको घरमा सहयोगीका रूपमा रहेका चौधरीले मुनाको हत्या गरेका थिए ।


घटनाको अनुसन्धान गरिरहेको प्रहरीले कार्कीको घरमा रहेका ३ वटा सीसीटिभी क्यामेराबाट रेकर्ड गरिएका दृश्य हेरेका थिए । प्रहरी स्रोतका अनुसार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनाको हात बाँधेका थिए । त्यसपछि ती दुवैबीच केहीबेर घम्साघम्सी भयो, तर मुनाको केही लागेन । प्लास्टिकको पहेंलो डोरीले पछाडिबाट मुनाको हात र घाँटीमा कसेको देखिन्छ, स्रोतले भन्यो, ुत्यसपछि मुना भुईंमा लडिन् । अनि निलो पिर्काले मुनाको टाउकोमा हानेका थिए ।

यो घटना भान्साकोठामा भएको थियो । त्यसपछि चौधरीले मुनालाई डोरीमा समातेर घिसारे । प्रहरी स्रोतको दाबीअनुसार चौधरी त्यसपछि किचनसँगैको बरण्डामा गएर डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन् । मुनालाई अपराह्न सवा १२ बजे स्थानीय केही छिमेकीले सानेपास्थित स्टार अस्पताल ल्याएका थिए ।

अस्पताल ल्याउनेबित्तिकै मुनालाई डाक्टर मन्जिता बज्राचार्यको टीमले हेरेको थियो ।डाक्टर बज्राचार्यले भनिन्, उहाँलाई यहाँ ल्याउँदा पल्स थिएन । आँखा निलो भइसकेको थियो । हामीले तत्काल इसीजी गरेर हेर्यौं, त्यो पनि फ्ल्याट भइसकेको थियो । घाइतेलाई कार्डियो पल्मोनरी रिससिटेसन ९सीपीआर० गरेको बताइन । सीपीआर स्वास फेर्न नसकेका बिरामीलाई छातीमा बारम्बार अँठ्याएर गर्ने गरिन्छ ।

ुकतिपय केसमा सीपीआरपछि बिरामीहरू रिभाइभ भएको पनि छ,ु डाक्टर बज्राचार्यले भनिन्, तर यो केसमा रिभाइभ हुन सकेन । हामीले न्यूरो टीमलाई बोलाएर देखायौं ।अस्पतालका निर्देशक डाक्टर सहिल रुपाखेतीले मुनालाई हात बाँधिएको अवस्थामा अस्पताल ल्याइएको बताए । ुहातमा डोरी बाँधिएको अवस्थामा उहाँलाई यहाँ ल्याइएको थियो,ु डाक्टर रुपाखेतीले लोकान्तरसँग भने, यहाँ ल्याउँदा घाँटीमा, आँखा मुनी र निधारमा चोट लागेको प्रष्ट देखिन्थ्यो ।

उपचारमा संलग्न डाक्टर बज्राचार्यले मुनाको निधारमा कुनै गरुङ्गो वस्तुले प्रहार गरेजस्तो देखिएको बताइन् । ‘अस्पताल ल्याउदा धेरै रगत बढिसकेकोले बचाउन सकिएन’ उनले भनिन्, थप जानकारी पोस्टमार्टम रिपोर्टबाट पत्ता लाग्ला । लोकान्तरबाट


प्रतिक्रिया दिनुहोस्