एफएलएफ अवार्डबाट हस्त लिबाङ सम्मानित

काठमाडौं – उत्कृष्ट लिम्बू गितकार तथा संगितकार अवार्डबाट हस्त लिबाङ सम्मानित भएका छन् । सोमबार राजधानीमा फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालि र नेपाल चलचित्र युवा मञ्चको संयुक्त आयोजनामा भएको एफएलएफ अवार्डबाट लिबाङलाई सम्मान गरिएको हो ।

निर्माता गायक,संगितकार, तथा गितकार लिबाङ विगत लामो समयदेखि गित संगित सँगै समाजसेवामा पनि सक्रिय छन् । अवार्ड कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । दुई वर्षको अन्तरालमा हुँदै आएको एफएलएफ अवार्डको मनोनयन प्रमाण पत्र वितरण अन्तर्गत चलचित्र विधामा २० जना र भिडियो विधामा १० जना चयन भएका थिए ।

अवार्ड पाउनेमा निर्देशक सागर केरुङ, नायक भिम तुम्बाहम्फे, नायिका पुष्पा लिम्बु, गायक तथा निर्माता मनि ताम्लिङ, गायिका श्रेयसी चेम्जोङ, संगीतकार कुल्बा सुब्बा, कथा सागर केरुङ, छायांकन भुपेन्द्र तुम्बाहम्फे छन् । त्यस्तै म्यूजिक भिडियोतर्फ निर्देशक लोकेन साँवा लिम्बू, गायक सुसन साम्सोहाङ, गायिका दिपा सुहाङ लिम्बु,नायक तथा मोडल रुद्र पाहिम लिम्बु, र नायिका लक्ष्मी योङहाङ छन् ।

त्यस्तै पब्लिक अवार्डमा गायक निर्मल तुम्बाहाम्फे अब्बल रहँदा जुरी अवार्ड नायक नरेन्द्र सेन्दाङ र नायिका बबिता फोम्बोले पाए । नवनायकतर्फ विशाल सेनेहाङ उत्कृष्ट ठहरिए ।


प्रतिक्रिया दिनुहोस्