जन्मोत्सवमा शैक्षिक सामग्री वितरण

ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाकी भोमादेवी पोख्रेल भट्टराईले आफ्ना पिताको जन्मोत्सवको अवसरमा एक सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

भट्टराईले पिता काशीनाथ पोख्रेलको ८० औं जन्मोत्सवको अवसरमा फुङ्लिङ नगरपालिका–६ स्थित बाँजोगरा आधारभूत विद्यालयमा अध्ययनरत २५ जना बालबालिकालाई न्यानो स्वेटर र शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

पहिले आपूmले अध्ययन गरेको उक्त बिद्यालयमा बाल विकास र कक्षा १ मा अध्ययनरत बालबालिकालाई कपडा स्वेटर र शैक्षिक सामग्री वितरण गरेको जानकारी दिनुभयो । फुङ्लिङस्थित जनकल्याण स्टेशनरी पसलका प्रोपाइटर समेत रहनुभएकी भटट्राईले पिताजीको दीर्घायुको कामना साथै बालबालिकाको पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सामग्री वितरण गरेको पनि बताउनुभयो ।

यता पूर्व बिद्यार्थी भोमादेवीले उपलब्ध गराउनुभएको न्यानो स्वेटर चिसो मौसममा बालबालिकालाई राहत मिलेको र कापी कलम लगायत शैक्षिक सामग्रीले उनीहरुको पढाइमा थप सहयोग पुगेको बिद्यालयका प्रधानाध्यापक खड्गबहादुर थापाले बताउनुभयो । अधिकांस वर्गीय परिवारका बालबालिकाहरु बिद्यालयमा अध्ययनरत रहेकाले उनीहरुको अभिभावकलाई समेत राहत पुगेको प्रधानाध्यापक थापाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्