वुहानबाट फर्किएकाहरुको प्रतिक्रिया : क्‍वारेन्टाइनमा खानेबस्‍ने व्यवस्था सोचेभन्दा राम्रो

काठमाडौँ — चीनको हुबेइ प्रान्तका विभिन्न ६ सहरबाट उद्धार भएर आज बिहान नेपाल आइपुगेका १७५ नेपालीले सरकारी व्यवस्थापन देखेर आफूहरु छक्कै परेको प्रतिक्रिया दिएका छन् । आइतबार बिहान विमानस्थलमा उत्रिएका उनीहरुलाई स्वास्थ्य परीक्षणपछि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा व्यवस्था गरिएको क्‍वारेन्टाइन क्षेत्रमा लगिएको थियो ।

त्यहाँ पुगेपछि प्रायस् हामी सबै सुत्यौं। हामीलाई यहाँ बस्दा पालना गर्नुपर्ने नियम र खानेपिउने समय तालिका दिइएको छ, डा. जीतसिंह भण्डारीले भने, खानेकुराहरु बाहिर चउरमा बनाएको टेन्टमा लन्‍चबक्स बनाएर राखिँदो रहेछ। यहाँको व्यवस्था हामीले सोचेभन्दा पनि राम्रो छ।


प्रतिक्रिया दिनुहोस्