ताप्लेजुङ समाजसेवा युएइद्धारा मुटुरोगी ओख्राबुलाई आर्थिक सहयोग

काठमाडौं । मुटुरोग पिडित ताप्लेजुङ जिल्ला मेरिङदेन गाउपालिका ओख्राबु निबासी ४० बर्षिय रविन ओख्राबुलाई ताप्लेजुङ समाजसेवा युएइले आर्थिक सहयोग गरेको छ । समाजसेवा युएइका केन्द्रीय सदस्य उदिप ओख्राबुको संयोजकत्वमा संकलित ७२ हजार रुपैयाँ सहयोग रकम समाजसेवा युएइकी अध्यक्ष सोनी भण्डारीको समन्वयनमा ताप्लेजुङ समाजका उपाध्यक्ष युवराज गुरुङ मार्फत बिरामीलाई हस्तारण गरिएको हो ।

शनिबार ताप्लेजुङ समाज नेपालको केन्द्रिय कार्यालय धुम्बाराही काठमाडौँमा एक कार्यक्रका बीच सहयोग रकम हस्तान्तरण गरिएको थियो । ओख्राबु काडमाडौंको शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारीमा उपचार गर्दै आएका छन् ।

समाजसेवा युएइकी अध्यक्ष भण्डारीले बिरामीको स्वास्थ्यलाभको कामना गर्दै यस अभियानलाई सहयोग गर्ने सम्पूर्ण युएईमा कार्यरत मित्रहरु र समन्वय भूमिका निर्वाह गर्ने ताप्लेजुङ्ग समाज नेपालका सम्पूर्ण टिमलाइ धन्यबाद दिएकी छन् ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961