साम्दे शेर्पा पुरस्कार धुर्व,दीपाश्री र आङ फुर्वालाई

काठमाडौं १२ फागुन / शेर्पा समुदायको महान् चाड ग्याल्पो ल्होसारको अवसरमा तीनजना कलाकारलाई पुरस्ककार प्रदान गरिएको छ । नेपाली हास्यव्यंग्य क्षेत्रका बरिष्ट कलाकार स्व:साम्देन शेर्पाको सम्मानमा हिमालयन साँस्कृतिक केन्द्रले साम्दे शेर्पा स्मृति पुरस्कार यस बर्ष वरिष्ठ हास्य कलाकार धुर्व रत्न हाडा दीपाश्री निरौला आङ फुर्वा शेर्पालाई नेपाली चलचित्रका वरिष्ठ कलाकार बसुन्धारा भुसालको संयोजकत्वमा छनौट समितिले उक्त पुरस्कार प्रदान गरेको हो ।

यसअघि उक्त पुरस्कार मदनकृष्ण श्रेष्ठ–हरिवंश आचार्य (मह जोडी) किरण केसी, शिवहरि पौडेल, दिपकराज गिरी, पासाङ टि शेर्पा, गम्बु शेर्पालगायतका कलाकारहरुलाई प्रदान गरिसकेको छ। पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको प्रमुख अतिथियमा पुरस्कार तिरणन गरेको हो ।

पुरस्कार ग्रहणको चरणमा दिपा श्री बोल्दै बरिस्ठ कलाकार साम्दे शेर्पा नामको पुरस्कार लिन पाउदा आफु भाग्यमालनी ठानेको र आयोजक टिम र छनोट समितिलाई धन्यवाद समेत व्यात्त गरे । गत्त दुई दिने साँस्कृतिक कार्यक्रममा स्याब्रु नृत्यको सथाम वतृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो ।

त्यस्तै साम्दे शेर्पा स्मृति वतृत्वकला प्रतियोगिता तर्फ ल्हमु शेर्पा प्रथम भएका छन् । छिरिङ शेर्पा दोस्रो, दोर्जी शेर्पा तेस्रो भएका छन् भने सानत्वना स्थान पल्देन र पासाङ गोम्बु शेर्पाले हात पारेका छन् । उनीहरुलाई क्रमशः २० हजार, १५ हजार , १० हजार र ट्रफी, प्रमाणपत्र वितरण गरिएको छ ।


साम्दे शेर्पाको सम्झनामा हाँस्य व्यंग्य विधाका कलाकारको सम्मानका निम्ति पुरस्कार प्रदान गर्दै आएको हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले बताए । ल्होसार गथुक साँझ हिमालयन साँस्किृतिक केन्द्रले हरेक वर्ष आयोजना गर्दै आएका छन्


प्रतिक्रिया दिनुहोस्