शेर्पा सञ्चारद्धारा पत्रकारिता छात्रावृत्ति प्रदान गर्ने

मिङमा शेर्पा पाङकर्मा काठमाडौं १३ फागुन / आम सञ्चार क्षेत्रमा शेर्पाहरुको व्यापक सहभागिता सञ्चार क्षेत्रमा व्यावसायीकरण गर्ने हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ स्थापना भएको शेर्पा सञ्चार समुह नेपालले पहिलो पटक २१४७ औँ च्याक् फो च्यिवा लो ग्याल्बो ल्होसारको अबसरमा पत्रकारिता छात्रावृत्तिृ प्रदान गर्ने भएका छन् ।

नेपालका जुनसुकै क्याम्पसमा स्नातक तहमा पत्रकारिता अध्यान गर्ने शेर्पा विद्यार्थीहरुका लागी आबेदन खुल्ला गरिएको शेर्पा सञ्चार समुह नेपालका अध्यक्ष निमलेकी शेर्पाले जानकारी दिए । अध्यक्ष भन्छन् पत्रकारितामा कम मात्रामा अध्यान गरिरहेको र समुदायमा पत्रकार थोरै मात्रामा भेटिएकाले अझ पत्रकार क्षेत्रमा शेर्पाहरुलाई प्रोत्साहन गर्नका लागी पत्रकारिता छात्रावृति प्रदान गर्न लागेको हो ।

शेर्पा सञ्चार भने नेपालको विभिन्न जिल्लामा साखा रहेको र रेडियो कार्यत्रमहरु समेत संचालन गर्दै आएका छन् । शेर्पा सञ्चार समुह नेपालले बिगतका दिनमा पनि समाचार लेखन तालिम उद्धघोषण तालिम फोटो पत्रकारिता तालिम शेर्पा भाषा उद्धघोषण तालिम लगायत अन्य तामिलहरु संचालन गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्