भड्किँयो हिंसा, ५ जनाको मृत्यु सयभन्दा बढी घाइते

भारतमा नागरिकता संशोधन कानुनका कारण सुरु भएको संघर्षले हिंसात्मक मोड लिएको छ । सो प्रकरणमा उत्तरपूर्वी दिल्लीमा हिंसा भड्किएको हो । मंगलबार पनि शान्ति हुने लक्षण देखिएको छैन ।

मंगलबार विहानैदेखि मौजपुर तथा ब्रह्मपुरी जस्त क्षेत्रमा झडप सुरु भएको छ ।दिल्लीमा हिंसा भड्किँदा हालसम्म ५ जनाको मृत्यु भइसकेको बताइएको छ । मृत्यु हुनेमध्ये एकजना प्रहरी छन् । साथै १ सयभन्दा बढी घाइते भएका छन् ।

दिल्लीमा मंगलबार विहानैदेखि स्थिति तनावपूर्ण रहेको छ । मंगलबार विहानैदेखि मोटरसाइकलमा आगजनी भएको छ । आज विहानै कम्तीमा पाँचवटा मोटरसाइकलमा आजगनी भएको छ ।सम्भावित झडपलाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । यद्यपी कम्तीमा ४५ आगजनीका मामिला आइसकेका छन् । आगजनी नियन्त्रणका लागि गएको एक दमकलमा पनि ढुंगा प्रहार गरिएको छ ।

प्रदर्शनकै कारण ५ वटा मेट्रो स्टेसन बन्द भएका छन् । सरकारले त्यस क्षेत्रमा धारा १४४ लागू गरेको छ । यसका साथै दिल्लीको उत्तरपूर्वी क्षेत्रका सबै विद्यालय तथा कलेजहरु बन्द गरिएका छन् ।दिल्लीका सीमावर्ती राज्यहरुमा हाई एलर्ट जारी गरिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्