शेर्पा संरक्षण समाज नेपालद्धारा ल्होसार कार्यक्रम गर्दै

मिङमा शेर्पा पाङकर्मा काठमाडौं १६ फागुन / २१४७ औँ च्या फो च्यिवा ल्हो ग्याल्पो ल्होसारको अबसर पारेर शेर्पा संरक्षण समाजले ल्होसार कार्यक्रम गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि माननीय योगेश भट्टराईको प्रमुख अतिथियमा माननीय सभासद पासाङ्ग शेर्पा पूर्व राज्यमन्त्रि माननीय ओङदी शेर्पाको विशिष्ट आतिथ्यमा चावहिल स्थित गोल्डेन लाइट पार्टी प्यालेसमा फागुन १७ गते हुने उक्त कार्यक्रममा ख्याति प्राप्त कलाकारहरुको बेजोड सांस्कृतिक कार्यक्रमको साथमा शुभकामना आदान प्रधान कार्यक्रम रहन्ने कार्यक्रमको साथमा शुभकामना आदान प्रदान कार्यक्रम रहेको सस्थाका कोषध्यक्ष्य ग्याम्जु शेर्पाले जानकारी दिएका छन् ।

शेर्पा संरक्षण समाज नेपालले बिगतका दिनमा भुकम्प पिंडितलाई राहत बितरण, ताप्लेजुङ्गजिल्लामा बाढि पहिरोमा परेका पिडित परिवारहरुलाइ सहयोग, ताप्लेजुङ्ग र संखुवासभा जिल्लाका गाउघरका लामाहरुलाई काठमाण्डौमा ल्याई प्रसिक्षण र दुख समस्यामा परेका शेर्पा समुदायका सदस्यहरुलाई सस्थाको तर्फबाट सहयोग गर्ने लगायत महत्वपुर्ण कार्यहरु गर्दै आएका छन् ।

यसका अलावा शेर्पाहरुको आफ्नो मौलिक भासा,धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्नु पर्दछ भन्ने नारालाई प्राथमिकतामा राखी विभिन्न महत्वपुर्ण गतिविधिहरु गर्दै आएका छन् । साथै फागुन १७ गते हुने लोसार पिकनिक तथा शुभकामना आदान प्रदान कार्यक्रममा आफ्ना सम्पुर्ण सदस्य तथा लोसार प्रेमीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन् फागुन १७ गते सम्पुर्ण काठमाडौं बासी ल्होसार प्रेमीमा आयोजकको तर्फबाट उपस्थितको लागी आग्रह समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्