कोरोना भाईरसका कारण ज्यान गुमाएका प्रति बौद्ध लामा गुरुहरुवाट विश्व शान्ति पुजा

डोल्मा शेर्पा काठमाडौं १६ फागुन / कोरोना भाईरसका कारण ज्यान गुमाएका र हजारौँ संक्रमित व्यक्तिहरुको लागि काठमाडौ बौद्ध स्थित यसैसाता लामा गुरुहरुले मृतआत्माको शान्तिका लागि पुजा संगै भाईरस संक्रमितहरुको स्वास्थ्यलाभको कामना गर्दै पुजा आयोजना गरेका छन् ।

पल्युल ल्हटुल रिन्पोक्षेको अगुवामा धर्म स्रवन तथा चिन्तन बिस्तार केन्द्रद्धारा पुजा गरेको हो । पुजा कार्यक्रममा नेपाल भित्रका बिभिन्न जिल्लाका लामा सहित देश बहिरा सिक्किम र दार्जिलिङवाट पनि लामाहरु पुजामा सरिक रहनुभएको पल्युल ल्हटुल रिन्पोक्षे च्यारिटीका सचिव खेन्पो कोन्चोक नुर्वु तामाङले जानकारी दिए ।

मृतआत्माको शान्तिकालागि शिठो अर्थात एक सय शान्ति तथा क्रोधित भगवानहरुलाई विधिपुर्वक प्रथाना संगै संक्रमित व्यक्तिहरुका लागि स्वास्थ्यलाभका कामान गर्दै मेडिसेन बुद्धको पुजा गरेको जानकारी दिए । चिनको बुहान प्रान्ताबाट महामारीको रुपमा फैलिएको कोरोना भाईरसले हालसम्म आईपुग्दा दक्षिण कोरिया लयात देशहरुमा फैलिँदै महामारीको रुप लिँदै गएको छ ।


प्रतिक्रिया दिनुहोस्