१५ सय बढीको सहभागितामा बृहत पदयात्रा कार्यक्रम सम्पन्न

काठमाडौं । ताप्लेजुङ समाज नेपालको आयोजना गरेको पदयात्रा कार्यक्रममा १५ सय बढी पदयात्री सहभागी भएका छन्। नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर काठमाडौंमा ताप्लेजुङबासीको एकता र स्वास्थ्यका लागि ट्रेकिङ भन्ने उद्देश्यसहित करिब १५ किलोमिटर दूरीको आयोजित ‘वृहत पदयात्रा कार्यक्रममा’ ताप्लेजुङबासी, विदेशी पर्यटक तथा अन्य जिल्लाका नागरिकहरु सहभागि भएका थिए ।

शनिबार ताप्लेजुङ समाज नेपालले आयोजना गरेको पदयात्रा बूढानीलकण्ठ मन्दिरबाट सुरु भई मुहानपोखरी, नागी गुम्बा, नारायणडाँडा हुँदै पुनः बूढानिलकण्ठमा आएर समापन भएको थियो। करिब १५ किलोमिटर दूरीको पदयात्रामा ताप्लेजुङबासी, विदेशी पर्यटक तथा अन्य जिल्लाका नागरिकसहित १५ सय बढी पदयात्रीले सहभागी भएका थिए।

यसअघि पदयात्राको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेशकुमार भट्टराई र पूर्वमन्त्री गगनकुमार थापाले संयुक्तरूपमा गरेका थिए।

उद्घाटनका क्रममा मन्त्री भट्टराईले ताप्लेजुङबासीको एकता र स्वास्थ जीवनशैलीका लागि हाइकिङले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले मन्त्री हुनु अघिसम्म दैनिकजसो शारीरिक व्यायामका लागि क्लब जाने गरेको स्मरण गर्दै निरन्तर शरीरलाई स्वस्थ राख्न नियमित व्यायाम गर्न सुझाव दिए।

‘मन्त्री हनुअघि म हाफ पाइन्टमा व्यायामका लागि क्लब जान्थेँ, तर अहिले त्यो अवस्था रहेन। किनकि, हाम्रो संस्कार नै त्यस्तो छैन,’ मन्त्री भट्टराईले रमाइलो शैलीमा भने, ‘अब मन्त्री भएपछि हाफपाइन्टमा क्लब गएँ भने कसैले फोटो हाल्देला अनि, ‘मन्त्री पनि हाफपाइन्टमा भेटिए’ भन्ने समाचार बन्लान्, र सामाजिक सञ्जालमा उडाउलान् भन्ने डर

मन्त्री भट्टराईले अन्य देशका प्रतिनिधि स्वस्थ जीवनशैलीका लागि निरन्तर व्यायाममा निस्कने उदाहरण दिँदै नेपालमा पनि त्यसको अभ्यास नभएकाले अभ्यास गराउन पनि पदयात्राको आयोजना विशेष रहेको उल्लेख गरे।

पूर्वमन्त्री थापाले स्वस्थ रहन पदयात्रा विशेष रहने बताए। आफू पनि समय–समयमा पदयात्राका लागि निस्कने गरेको उनले सुनाए। ताप्लेजुङबासीको उल्लासमय सहभागितासहित आयोजित पदयात्रा कार्यक्रमले सम्पूर्णमा स्वस्थरहन पदयात्राको महत्त्व प्रस्ट्याउने धारणा राखे।

पदयात्रा कार्यक्रम ताप्लेजुङबाट काठमाडौं बसोबास गर्दै आएका नयाँ पुस्तामा ग्रामीण परिवेशको झल्को दिनका साथै ताप्लेजुङका विभिन्न पर्यटकीय क्षेत्रको परिचयात्मक फोटो प्रदर्शनीसहित सम्पन्न गरिएको हो।

बढ्दो सहरीकरण र आलश्य जीवनशैलीबीच स्वःस्फूर्त शारीरिक कसरतको बानी बसाल्न सहयोगी हुने अपेक्षासहित पदयात्रा आयोजना गरिएको कार्यक्रम संयोजक रमेश बरालले बताए।

पदयात्रा कार्यक्रमा सहभागीहरूमध्ये तीनजना पुरुष तथा तीनजना महिला ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। साथै, पदयात्रामा सहभागी तीनजना प्रकृतिप्रेमी बालबालिकालाई पुरस्कृत गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961