गेट ढक्ढकाउँदा रिसाएका १५ वर्षका किशोरद्वारा ६ वर्षीया बालिकाको ह’त्या

एजेन्सी भारतको अलवर जिल्लाको तिजारा क्षेत्रको सलारपुर गाउँमा १५ वर्षका किशोरले ६ वर्षीया बालिकाको घाँटी रेटी हत्या गरेका छन् । बालिकाको हत्या गरेपछि उनले शवलाई खेतमा फ्याँकेको बताइएको छ । आरोपीले हत्या गर्नुको जुन कारण बताए, त्यो चकित पारिदिने किसिमको छ । बालिकाले उनको घरको ढोका बारम्बार ढक्ढकाएकोले रिसमा बालिकाको हत्या गरेको आरोपीले बताए । पुलिसले आरोपीलाई पक्राउ गरेको छ ।

पुलिसका अनुसार बालिकाको घर उनको घर पछाडि छ । पीडित परिवारका सदस्यले बाटो छोटो पर्छ भन्दै उनको घरबाटै आवतजावत सुरु गरेका थिए । त्यसका लागि बारम्बार गेट खोल्नुपर्दथ्यो । शनिबार बेलुका करिब ४ बजे बालिकाले त्यहि बाटो हिँड्न गेटमा ढक्ढकाइरहिन् ।

भारतीय मिडिया भास्करका अनुसार घटनाका बेला घरमा कोही पनि थिएन । उनी रिसले चक्कु हातमा लिएर गेट खोल्न गए । गेट खोल्ने बित्तिकै उनले बालिकालाई भित्र लगेर घाँटी रेटिदिए । पुलिसका अनुसार आरोपीका पिताको मृत्यु भइसकेको छ भने आमाले दोस्रो विवाह गरेकी छिन् । आरोपी तथा उनका दुई भाइलाई उनका फूपूले लालनपालन गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्