बार्सिलोना रियल मड्रिडसंग पराजित

काठमाडौं, १९ फागुन / बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । आइतबार राति रियल मड्रिडको मैदानमा भएको एल क्लासिकोमा भिनिसियस जुनियर र मारियानो डियाजले एक एक गोल गर्दा बार्सिलोना पराजित हुन पुग्यो ।

खेलमा अधिकांश समय बल पोसेसन आफ्नो पकडमा लिए पनि बार्सिलोनाले रियलको पोस्टमा प्रभावशाली आक्रमण गर्न सकेन ।पहिलो हाफ गोलरहित बनेको खेलको ७१ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा मारियानोले गोल गर्दै रियललाई २–० को जित सुनिश्चित गराए ।

जितसँगै रियल मड्रिड शीर्ष स्थनमा उक्लिएको छ । उपाधि जित्ने अभियान जीवित राख्नका लागि महत्वपूर्ण रहेको यो एल क्लासिकोबाट तीन अंक जोड्दै रियलले ५६ अंक बनाएको छ । एक अंक कम रहेको बार्सिलोना दोस्रो स्थानमा छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्