यसरी हुदै छ प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण

काठमाडौं २० माग / महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् । टोलीमा डा. पवनराज चालिसे, डा. उत्तम शर्मा, डा. दिव्यसिंह शाह र डा. सुवास आचार्य रहनेछन् । यस्तै, नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

प्रत्यारोपण पछि ५/६ दिनमा आवश्यकता हेरेर डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्गाले बताए । डा. खड्गाका अनुसार तीनदेखि चार घण्टामा प्रत्यारोपण सकिनेछ । अन्य कुनै समस्या आएका तयारी अवस्थामा मुटु रोग विशेषज्ञ प्रा।डा। अरुण सायमी, प्रा.डा. भगवान कोइराला, कलेजो प्रत्यारोपण सर्जन प्रा.डा.रमेशसिंह भण्डारी, न्युरोलोजिस्ट प्रा।डा। जगदीशप्र्रसाद अग्रवाल तयारी अवस्थामा रहने बताइएको छ । यो समाचार राजधानी दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्