ओखलढुंगाको एक विद्यालयमा शेर्पा जातिको पोसाक अनिवार्य

काठमाडौं २० फागुन / ओखलढुंगाको एक सामुदायिक विद्यालयले पहिचान संरक्षणका लागि विद्यालय स्तरमा जातीय पोशाकलाई अनिवार्य गरेको छ । जिल्लाको खजीदेम्बा गाउँपालिका ९ पात्ले स्थित जनता आधारभूत बिद्यालयले जातीय पहिचान संरक्षणका लागि शेर्पा जातिको पोशाकलाई अनिवार्य गरेको हो । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयका एक सय विद्यार्थी र ९ शिक्षकले यो पोसाक लगाउन सुरु गरेका हुन्।

स्थानीय पहिचारनलाई संरक्षण र सम्वर्द्धन गर्न विद्यालयले हप्ताको दुईदिन अनिवार्य रुपमा शेर्पा जातीको पहिचान झल्कने पोशाकलाई अनिवार्य गरेको छ । विद्यालय व्यवस्थापन समितीको निर्णयअनुसार प्रत्येक हप्ताको दुई दिन मङ्‌गलबार र बुधबार शेर्पा जातिको पहिचानयुक्त पोशाक अनिवार्य गरिएको हो ।

आधुनिकता र सामाजिक सञ्जालले बालबालिकाले आवश्यकताभन्दा फरक पोसाक लगाउने गर्दा समाजमा नकारात्मक सन्देश जाने र आफ्नो जातीय भेषभूषाको संरक्षण विद्यालयस्तरबाटै गर्न शेर्पा पोसाकको व्यवस्था गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिए ।
यस वर्ष पहिलोपटक भएकाले सुरुमा उनी आफैंले ३ लाख ५० हजार लगानी गरेर एक सय विद्यार्थी र ९ शिक्षकलाई पोसाक उपलब्ध गराइएको उनले बताए।

विद्यालयले आइतबार र सोमबार नेपाल सरकारले तोकेको, मङ्‌गलबार, बुधबार शेर्पा र बिहीबार र शुक्रबार खेलकुद पोसाक लगाउनुपर्ने व्यवस्था गरेको छ। शेर्पा विद्यार्थीमात्र रहेको विद्यालयमा शिक्षकलेसमेत अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको छ। यसरी जातीय पोसाक प्रयोग गर्ने यो ओखलढुङगाको पहिलो विद्यालय हो।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961