अब नम्बर नदेखिने सवारीमाथि कारवाही हुने

काठमाडौं २१ फागुन / महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको केरमेट भएको, खुइलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटरसेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत् कारबाही गर्ने भएको छ ।

राख्नुपर्ने नम्बर प्लेट नरखेको र स्पष्ट नभएको १ सय ७० वटा सवारी र मोटरगार्ड राखी नम्बर प्लेट ढाकिएका २६ सवारीलाई कारबाही गरेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।

ट्राफिक नियम उल्लंघन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने, आपराधिक क्रियाकलापमा संलग्न हुनेजस्ता क्रियाकलापहरुलाई रोक्न नै उक्त अभियान थालिएको महाशाखाका प्रमुख ढकालले बताए । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।


प्रतिक्रिया दिनुहोस्