अष्ट्रेलियामा नेपाली विद्यार्थीको समुद्रमा डुबेर मृत्यु

क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको ज्यान गएको हो । बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले बगाएको थियो ।

छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए। उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा निकेसको शव भेटाएको एनआरएनए क्विन्सल्यान्डका संयोजक उमेश खड्काले जानकारी दिए।

निकेस फेडेरेसन युनिभर्सिटीमा अध्यनरत थिए। उनी चार जना साथीसँग पौडी खेल्न समुद्रमा पुगेका थीए।अहिले उनको शव ब्रिजवेनको कुपर प्लेनस्थित शवगृहमा राखिएको र नेपाल पठाउने तयारी गरीरहेको खड्काले जानकारी दिए।

घटनाबारे जानकारी पाएलगत्तै क्विन्सल्यान्डका एनआरएनएले आफन्त, परिवार र प्रहरीसँग समन्वय गरेका थिए।हामी आफन्त र परिवारसँग सम्पर्कमा आईसकेका छौं, आवश्यक सबै सहायता उपलब्ध गराउनेछौं ।


प्रतिक्रिया दिनुहोस्