प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमश सुधार हुँदै

काठमाडौं, फागुन २२ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ। ओलीको बुुधबार दोस्रोपटक मिर्गोला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले बिहीबार बिहान कालो चिया पिएको उपचारमा संलग्न डाक्टरहरुले बताएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनाकारी दिए।

बिहीबार बिहान प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल पुगेका उपप्रधानमनत्री पोखरेलले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको र बिहीबार बिहान कालो चियाए पिएको उपचारमा संलग्न डाक्टरहरुले जानकारी दिएको बताए।

उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन रक्षामन्त्रीसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका उच्च पदस्थ व्यक्तित्वहरु शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्री ओलीलाई भेट्न भने दिइएको छैन्। हाल प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखी उपचारलाई निरन्तरता दिइएको छ। उनको पछिल्लो स्वास्थ्यस्थतिबारे अस्पतालले हरेक दिन ४ बजे औपचारिक जानकारी दिनेछ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएको थिए। उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन्। मिर्गौला दिने समीक्षाको अवस्था पनि सामान्य रहेको बताइएको छ।उनलाई अझै एक साता अस्पतालमै राखेर उपचार गरिने छ । प्रधानमन्त्री ओली अहिले सामान्य बोलचाल गर्न सक्ने अवस्थामा छन् । तर दुखाई कम गर्ने औषधि दिएको हुनाले उनलाई बोल्न दिइएको छैन । संक्रमण हुने डरले उनलाई चिकित्सक र स्वास्थ्यकर्मी बाहेक अरु कसैसँग भेट्न पनि दिइएको छैन ।

प्रधानमन्त्री ओलीलाई अहिले त्रिवि शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण युनिटको आइसियुमा राखेर उपचार गरिँदैछ । प्रत्यारोपणपछि डा। अनिल श्रेष्ठ, डा। सुवास आचार्य लगायतको समूहले प्रधानमन्त्री ओलीको विशेष निगरानी गरिरहेका छन् । यसअघि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्