शेर्पा बिद्यार्थी संघद्धारा आयोजित लोसार साँझ सम्पन्न

काठमाडौं २६ फागुन / नेपाल शेर्पा बिद्यार्थी संघले आयोजना गरेको ल्होसार सांझ भव्य रुपमा सम्पन्न भएको छ । महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चार्ड “च्याक फो च्यिवा लो” २१४७ औं ग्याल्पो लोसारको अवसरमा नेपाल शेर्पा विद्यार्थी संघको बार्षिक कार्यक्रम अन्तरगत साँझ आयोजना भएको थियो ।

प्रतिनिधिसभा सांसद् जिपछिरिङ शेर्पा लामाको प्रमुख अतिथिमा सम्पन्न भएको उत्त कार्यक्रमा ‘कमेडियन’ सन्दीप क्षेत्री गायक कमल खत्रि दावा के शेर्पा गोम्बु शेर्पा गोन्पु शेर्पा लमु शेर्पा लगायत अन्य धेरै कलाकारहरुकोे प्रस्तुती रहेका थिए । प्रमुख अतिथि बोल्दै समुदायको पहिचानका लागि आफू निरन्तर संघर्षमा रहेको बताउनु भयो ।

तस्तै शेर्पा बिद्यार्थी संघका अध्यक्ष डेमा छिरिङ शेर्पा पनि खुशि व्यात्त गदै अहिलेसम्मकै भव्य कार्यक्रम भएको तथा प्रयासले मूर्तरुप पाएको कार्यक्रममा अनापेक्षित उपस्थितीले गौरवान्वीत बनाएको प्रतिक्रिया समेत दिए । नेपाल शेर्पा विद्यार्थी संघले लोसार साँझको अवसरमा शेर्पा प्रतिविम्ब स्मारिका लोकार्पण तथा विभिन्न १० विधामा अध्ययन गरिरहेका २१ जना विद्यार्थीहरुलाई विद्या पुरस्कार तथा सम्मान प्रदान समेत गरेका छन् । कार्यक्रम भने राम नगर पार्टी भेन्युमा आयोजना गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्