नेपाल एयरलाइन्सले रोक्यो कतार उडान

काठमाडौँ, २७ फागुन / कतारमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको उडान स्थगित गरेको । पर्यटन मन्त्रालयले सोमबार जारी गरेको सूचना अनुसार मंलवार पनि कतारको दोहामा नियमित उडान गर्दै आएको उडानमा रोक लगाएको हो । कतारले नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिबन्ध लगाए हो ।

कतारले अस्थायी प्रवेश निःशेष गरेसँगै नेपाल एरलाइनसले नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको नेपाल एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्ससँगै दोहामा अर्को नेपाली कम्पनी हिमालय एयरलाइन्सले समेत उडान रोकेको थियो ।नेपाल एयरलाइन्सका अनुसार २६ फागुन २०७६ र भन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुहरूलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ ।


प्रतिक्रिया दिनुहोस्