अङ्ग्रेज फौजसँग लड्दाको अमरगढी किल्लाका हतियार बेपत्ता

करन ताम्राकार, डडेल्धुरा–सुदुरपश्चिमको चर्चित जिल्लामा पर्छ डडेलधुरा । जसको छुट्टै राजनीतिक र ऐतिहासिक महत्व छ । शहीद भीमदत्त पन्तको जन्मथलो भएकाले पनि डडेल्धुरा अरु जिल्लाको तुलनामा बढि चर्चामा आउने गरेको छ ।

डडेल्धुरामा ऐतिहासिक अमरगढी किल्ला छ । किल्लाको प्रवेशद्धारमा वडाकाजी अमरसिहं थापाको शालिक छ,जहाँ लेखिएको छ ,‘म बाघको डमरु हँ मलाई सिनो खाने कुकुर नसम्झ ।’
तर, त्यही किल्लाका ऐतिहासिक हतियार कहाँ छन् भन्ने कसैलाई अत्तोपत्तो छैन् । नेपाल एकीकरण र ब्रिटिससँगको युद्धमा प्रमुख प्रशासनिक कार्यालय रहेको डडेल्धुराको अमरगढी किल्लाबाट पुरात्विक महत्वका हतियार हराएको तीन दशक बितिसक्दा पनि सरकारी निकायले खोज्न चासो दिएका छैनन् । सेनाको प्रयोग र संरक्षणमा रहेको अमरगढी किल्ला ५ वर्षयता नगरपालिकाले स्वामित्व लिएपनि हतियारबारे खोजबिन र अनुसन्धानमा चासो देखाइएको छैन ।

हतियार बेपत्ता हुनुमा सम्बन्धित निकायको उदासिनता जिम्मेवार रहेको आरोप स्थानीयको छ । सम्बन्धित निकायले ध्यान नदिँदा किल्लाभित्रका हतियार बेपत्ता भएकाले किल्लाको महत्व घटेको उनीहरुको भनाई छ ।

नेपालका जीवित किल्लामध्येको पहिलो किल्ला अमरगढी किल्ला रहेको विज्ञहरूको भनाइ छ । नेपालको अमरगढी किल्ला र सिन्धुलीगढी किल्ला मात्रै हालसम्म जीवित किल्ला रहेको पुरातत्व विभागको दावी छ । तर, २०७ वैशाख १२ को भुकम्पपछि सिन्धुलीगढी किल्लामा पनि क्षती पुगेको छ । ऐतिहासिक किल्लाभित्र तत्कालिन डोटेली फौजले अंग्रेजसँग लड्दा प्रयोग गरेका तोप, बन्दुक, घरेलु भालागायतका ऐतिहासिक हतियार र सैनिक पोसाक नहुँदा किल्लाको महत्वसमेत घटेको छ ।
नेपाल एकीकरणका बेला बडाकाजी अमरसिंह थापाले डोटेली राज्यको डडेल्धुरालाई आधारक्षेत्र बनाई कुमाउ गडवालसम्म युद्ध लड्नका लागि यसै अमरगढी किल्लालाई मुख्य आधार मानेर निर्माण गरिएको जानकारहरुको भनाई छ ।

युद्ध लड्दा प्रयोग भएका घरेलु हातहतियार, बन्दुकलगायत अन्य हतियार रहेको र त्यसबेला प्रत्येक वर्ष दसैँको फूलपातीको दिनमा किल्लामा रहेका सैनिक तोप टँुडिखेल लगेर पड्काउने गरेको स्थानीय ८२ वर्षीया करी दमाइको अनुभव छ ।

उनका अनुसार त्यसबेला किल्लामा खड्गदल गण नामक तत्कालीन शाही सेना बस्ने गर्दथ्यो । तरपछि उनीहरूले किल्लाभित्र रहेका हतियार आफु सरुवा भएर जाँदा सँगै लगेर गएको समेत कतिपयको आशंका छ । त्यसबेला किल्लामा आफँै पड्किने भीमसेन नाल बन्दुक रहेको र त्यसलाई प्रत्येक वर्ष दसँैको बेलामा कपडाको कभरले ढाक्ने गरिएको स्थानीयहरु वताउँछन् ।

किल्लामा त्यसबेला पाँचवटा तोप, दर्जनौँ घरेलु हतियार, सय जती बन्दुक, किल्लाभित्र नै बम गोला बारुद बनाउने छुट्टै घर र अन्य युद्ध सामाग्री रहेको किल्ला छेउ बस्ने स्थानीयहरु वताउँछन । तर, अहिले किल्ला हेर्न आउने पर्यटयकले ती कुनै पनि हतियार देख्न पाउँदैनन् ।
अमरगढी किल्लाको नामबाटै यस स्थानलाई अमरगढी नागरपालिकाको नामाकरण गरिएको छ । नगरपालिका स्थापनापछि २०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो मतहतमा लियो । पछि ०५८ सालमा तत्कालीन विद्रोही माओवादी युद्धमा जिल्लालाई सुरक्षा दिन अमरगढी किल्लामा पुनः नेपाली सेना बस्न थाल्यो । त्यसपछि किल्लामा पर्यटकले प्रवेश त के त्यस आसपासमा हिँडडुल गर्न समेत प्रतिबन्ध लगाइएको छ ।
२०५८ सालदेखि २०६६ सालसम्म किल्ला सेनाको मतहतमै रह्यो । स्थानीयको पटक–पकटको प्रयासपछि २०६६ साल पुषदेखि पुनः किल्लालाई अमरगढी नगरपालिकालाई रेखदेख गर्ने र सञ्चालन गर्ने जिम्मा दिइयो । त्यसैबेलाबाट पर्यटकलाई प्रवेश खुला गराएपनि फोटो खिच्न भने २०६९ सालबाट मात्रै स्वीकृती दिइएको हो ।

अमरगढी किल्लाको इतिहास

अरगढी किल्ला डडेल्धुरा जिल्ला सदरमुकामको उच्च टाकुरामा छ । यो किल्ला रहेको उचाई अन्दाजी ६५०० फिट छ । यसको निर्माण तत्कालिन श्री ५ रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संचालित नेपाल एकिकरणको शिलसिलामा बिक्रम संम्बत १८४७ भाद्र १३ गते आइतबार भएको हो । जतिवेला सेती नदिको नारीदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा आएका दश कम्पनीका गोरखाली सैनिक जवान र डोटेली सैनिकका विचमा घमसान युद्ध भएको थियो ।

सो युद्धमा गोरखाली फौजका सामु डोटेली फौज पराजित भइसकेपछी डोटी राज्य पनि बिशाल नेपाल अधिराज्यमा गाभियो । त्यसलगत्तै यो क्षेत्र र भू–भागको विस्तार गर्न अमरसिंह थापा प्रथम प्रशासकका रुपमा नियुक्ति भए । उनले यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गर्न लगाएको बताइन्छ । यो किल्लाको निर्माण भइसकेपछी सरदार अमरसिंह थापा काजी जगतजित पाण्डे, कप्तान गोलैया कप्तान रणवीर खत्री, सुब्बा आदि सैनिक कमाण्डरहरुले अमरगढी किल्लालाई आधारकिल्ला कायम गरि कालि कुमाउ सयर गर्दा रङग्यौलीमा कुमाउका राजा मोहन चन्दको फौजले गोरखाली फौजमाथि आक्रमण भएको थियो । त्यसवेला गोरखाली सैनिक सजक नबन्दा गोरखाली फौजको पराजय हुन पुगेको बताइन्छ ।
यस्तै इतिहास बोकेको किल्लाको सामरिक महत्व पनि धेरै छ ।

अमर सिंह थापाद्वारा निर्माण गरिएको विशाल ढुङगेकिल्लाको निर्माण कलात्मक रहेको र चारैतिर ढुङगाले बनाईएको उक्त किल्ला भित्र गुफाहरु बनाईएका छन् ।जहाँ शत्रुलाई छल्ने अनेक युद्ध सफलताको सैनिक प्रयोग र शत्रुद्धारा प्रहार हुने अस्त्र विफल पार्ने मार्गहरुको समेत निर्माण गरएको छ । किल्लाको विचभगमा उग्रभैरवको मन्दिर प्रतिस्थापन गरिएको छ । जसबाट पनि किल्लाको धार्मिक र सामरिक महत्व झल्किन्छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961