भारतसँग सीमा जोडिएका पाँच नाका बन्द, पाँच हेल्थ डेस्क

काठमाडौं । कोभिड–१९ को संक्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका यहाँका पाँच नाका बन्द गरिएका छन्। पञ्चेश्वर, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन्। डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिए।

बलरा, धरम, ढोया, कुस्मत र खैरेनी घाट बन्द गरिएका जनाइएको छ। भाइरसको पूर्वसतर्कता अपनाउन ती नाकामा आवतजावत बन्द गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। जिल्लाका भारतसँग सीमा जोडिएका चार नाकामा स्वास्थ्य परीक्षण कक्ष (हेल्थ डेस्क ) सञ्चालनमा तयारी गरिएको छ। मुख्य नाकाका रुपमा रहेको झुलाघाटमा यही फागुन १० गतेदेखि कक्ष सञ्चालनमा रहेको छ। तल्लोस्वराडमा रहेका अन्य चार नाकामा तत्काल कक्ष सञ्चालन गर्ने निर्णय भएको हो।

झुलाघाटमा दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तरुपमा सहायता कक्ष स्थापना गर्न लागेका हुन्। डुंगाबाट आवतजावत हुने तल्लोस्वराडमा चार घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बसेको सरोकारवालाको बैठकले पञ्चेश्वरको रोलघाट, डिम्बरघाट र विनायक घाट तथा शिवनाथको नागार्जुन घाटमा कक्ष स्थापना गर्ने निर्णय भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए।

जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँद, पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्ट लगायतको सरोकारवाला सम्मिलित बैठकले हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको हो। हेल्थ डेस्कमा उपकरण अभाव तल्लोस्वराडका घाटमा कक्ष स्थापना गर्ने निर्णय भए पनि तत्काल उपकरणको भने अभाव भएको छ। कक्षमा आवश्यकपर्ने उपकरण अभाव हुँदा सहायता कक्षमा स्वास्थ्य परीक्षणको काम नहुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले जानकारी दिए ज्वरो मापन गर्ने इन्फ्रारेड थर्मोमि टरलगायतका उपकरण नहुँदा सहायता कक्षमा जाँचको काम हुँदैन उनले भने, ुज्वरो मापन गर्ने इन्फ्रारेड थर्मोमिटरलगायतका उपकरण पुग्न एक हप्ता लाग्छ।

तत्कालका लागि स्वास्थ्यकर्मीले हेल्थ डेस्कबाट परामर्श सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। जिल्ला अस्पतालमा ‘आइसोलेशन कक्ष’ स्थापना शंकास्पद लक्षण भएका बिरामीका लागि जिल्ला अस्पतालमा तीन शय्‍याको आइसोलेशन कक्ष स्थापना गरिएको छ। त्यो कक्षमा शंकास्पद बिरामीको उपचार गर्ने, बिरामीको खकार र सिँगानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा वसन्तराज जोशीले जानकारी दिए। ुशंकास्पद बिरामीको खकार र सिँगानको नमुना पठाउने माध्यम प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मगाइसकिएको छु, उनेले भने, कोरोना भाइरसको त्रास बढिरहेकाले पूर्वतयारीस्वरुप जिल्ला अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरिएको हो। यसअघि केही दिन अगाडि मात्रै प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा आइसोलेशन कक्ष स्थापना गर्न निर्देशन दिएको थियो। कोरोनाको सङ्क्रमण फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय र सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले भीडभाड नगर्न, भेला नहुन, विभिन्न उत्सव महोत्सव नमनाउन आग्रह गरेको छ।

प्रशासन र नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै कोरोना भाइरसको सम्भावित जोखिमको बहानामा कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कारबाही गरिने जनाइएको छ भने भाइरसको सम्भावित सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा सजगता अपनाउन जिल्लास्थित सबै सरकारी तथा गैरसरकारी कार्यालयलाई जनचेतनामूलक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ। सङ्क्रमणबाट बच्नका लागि मास्क लगाउन, साबुन पानीले राम्ररी हात धुन, हात नमिलाउन आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961