होलीमा अत्यधिक रक्सी सेवन गर्दा ६ जनाको मृत्यु

काठमाडौं । होलीमा अत्यधिक रक्सी सेवन गर्दा धनुषामा  ६  जनाको मृत्यु भएको छ ।

अत्यधिक मदिरा सेवनले क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा पाँच जना र औरही गाउँपालिका २ परवाहा टोलमा एक जनाको जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा रमदैयाका राजु महरा, रामनारायण महरा, गुदरी महरा, बिलास मण्डल, ब्रम्हदेव यादव र परवाहाका गिरिजानन्द झा रहेका छन् ।

मदिरा सेवन गरेका रमदैयाका तीन जनाको बिहीबार दिउँसो र दुई जनाको राति ज्यान गएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिनुभयो ।

उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा परवाहाका गिरिजानन्द झाको रक्सी खाएर वा अन्य कारणले ज्यान गएको हो भन्ने कुराको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961